अमेरिकी संसदद्वारा बाइडेन राष्ट्रपतिमा विजयी भएको प्रमाणित

पुष २३, २०७७  |  ८९ पटक पढिएको

२३ पुस, काठमाडौं ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएको घोषणा गरिएको छ । अमेरिकी संसदले राष्ट्रपतिमा बाइडेनको विजयी भएको बताउँदै औपचारिकता घोषणा गरेको हो ।

बिहिबार बिहान ट्रम्प समूहले गरेको हिंसात्मक आक्रमणका कारण इलेक्टोलर कलेज मत केही समयका लागि रोकिएको थियो ।

सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणीकरण गरेको हो ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् ।

सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस