‘धूम–४’ मा ऋतिक र जोन एकसाथ देखिने

पुष २२, २०७७  |  ९३ पटक पढिएको

२२ पुस, काठमाडौं ।

धूम फिल्मको सिरिजजको चौथो पार्ट ‘धूम–४’लाई लिएर धेरै समयदेखि चर्चा चलिरहेको छ ।

यस फिल्मलाई लिएर फ्यान पनि धेरै एक्साइटेड छन् । फिल्मको पहिलो फ्रेन्चाइजिमा जोन अब्राहम, दोश्रोमा ऋतिक रोशन, तेश्रोमा आमिर खानले जबर्दस्त एक्शन गरेका थिए ।

यसैबीच भारतीय सञ्चारमाध्यमकाअनुसार ‘धूम–४’ मा जोन अब्राहम र ऋतिक रोशन एकसाथ देखिनेछन् ।

अभिनेत्री दीपिका पादुकोण लेडी भिलेनमा देखिने भनिए पनि अब यो फिल्ममा नदेखिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस