यमाहा एक्सचेन्ज अफर

पुष १९, २०७७  |  १४२ पटक पढिएको

१९ पुस, तुलसीपुर ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ घोराही रोड स्थित ड्रिमल्याण्ड ट्रेडर्सले मोटरसाईकलको ‘एक्सचेन्ज तथा अफर’ यही पुस २० गतेदेखि २९ गतेसम्म रहेको छ ।

उक्त अफरमा यमाहा एफआइ मोटरसाइकलको एक्स्चेन्ज तथा अपग्रेडको सुविधा दिएको छ । जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटरलाई एक्सचेन्ज वा अपग्रेड गरी नयाँ प्रबिधिको मोटरसाईकल एफआई लैजान सकिने टेर्डसका सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।

कम्पनीले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकललाई न्युनतम १५ हजार ग्यारेन्टीका साथ दिने जनाएको छ । सञ्चालक श्रेष्ठकाअनुसार जुनसुकै ब्राण्डको मोटरसाइल एक्सचेन्च वा अपग्रेड गर्न चाहेमा बजारको प्रचलित मूल्यभन्दा थप १५ हजार दिने बताए र नयाँ मोटरसाइकलमा नगद दिनेलाई विशेष छुटको व्यवस्था गरिएको बताए ।

यो अफरमा यमाहा एक्सचेन्ज अपग्रेडमा पुरानो सवारी ल्याएर आउनेले बिलबुक अनिवार्य ल्याई एफआइ मोटरसाइकल लैजान समेत श्रेष्ठले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस