के माग्थे होला म ?

गोविन्द रिजाल  |  पुष १७, २०७७  |  १०२ पटक पढिएको

साच्चै, भगवान आएर
वरदान माग भनेको भए
के माग्थे होला म ?

केही छैन भनौ
सबै थोक छ
छ भनौ
कहिले पुग्छ र मान्छेहरूलाई
यस्तो बेलामा स्वयं
भगवान आएर
माग भनेको भए
साच्चै, के माग्थे होला म ?

अलिकति देश मागौ
मेचि छ, काली छ
हिमाल छ, तराई छ
सुन्दर पहाड छ
वन, नदी, ताल तलैया
सबै सबै त छ देश
यही छातिभित्र
अनि देश माग्नै परेन ।।

होईन होईन म
मान्छे माग्छु
धेरै धेरै मान्छेहरू
पौरखी मान्छेहरू
साहसी मान्छेहरू
राम्रा मान्छेहरू
देशका लागि मर्ने
जिउँदा मान्छेहरू
तर,
मान्छेहरुको भिडबाट
कसरी छान्नु र त्यस्ता मान्छेहरू
र माग्नु भगवानसँग ।।

घर मागौ,
महल माग्नु कि झुपडी ?
दुबैतिर बस्ने उस्तै दुःखी छन
पद मागौ,
कुन स्थान छ र रु मान्छेलाई
खुसी बनाउने
सम्पतिकै लोभ गरेपनि
मर्दा चाहिने कात्रो
र अलिकति जमिन न हो
अनि नचाहिने चिज
किन माग्नु बेकारमा ।।

त्यसैले,
जति सोच्दा पनि
एउटा प्रश्न अझै अनुत्तरीत छ
जवाफ विहिन प्रश्न
साक्षात भगवान आएर
माग भन्दा
साँच्चै, के माग्थे होला म ?

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार