बिग बाशमा सन्दीपले शनिबार पहिलो खेल खेल्ने

पुष १७, २०७७  | १२२ पटक पढिएको

१७ पुस, काठमाडौं ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बाश लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् ।

१४ दिनको अनिवार्य क्वरेण्टीनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलबर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलबर्नको स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका सुरुआतका छ खेल गुमाएका थिए ।

नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबाश लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो ।

अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वरेण्टीन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले बताए ।

उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । अहिलेसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबाशको तेस्रो स्थानमा रहेको छ ।

लामिछानेले यसअघि दुई यामको बिगबाश मेलबर्न स्टार्सबाट खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार