दीशा र टाइगरको विवाह कहिले होला ?

पुष १६, २०७७  |  ११२ पटक पढिएको

१६ पुस, काठमाडौं ।

बलिउड कलाकार टाइगर श्राप र दीशा पटानी हरेक क्षेत्रमासँगै भेटिन्छन् । उनीहरु सँगै घुम्न निस्कन्छन् । चलचित्र हलमा एकसाथ भेटिन्छन् ।

हरेक बिदा एक–अर्कासँगै मनाउँछन् । एकले अर्काको सर्मथन खुलेर गर्छन् तर, आफ्नो प्रेम सम्बन्धका बारेमा खुलाउँदैनन् । आफूहरु प्रेमसम्बन्धमा रहेको कुरा उनीहरुले सार्वजनिक रुपमा कुनै पनि अभिव्यक्ति दिएका छैनन् ।

आफ्नो सम्बन्धलाई सार्वजनिक गर्न नचाहेका दीशा र टाइगरको जोडीलाई एक अर्काको परिवारले समेत स्वीकार गरिसेकेको खबर सार्वजनिक भएको छ ।

अहिले उनीहरुको विवाहको समेत चर्चा चल्न थालिसकेको छ । उनीहरु छिट्टै वैवाहिक बन्धनमा बाधिन लागेको चर्चा सुरु भएको छ ।

आफ्नो सम्बन्धलाई लिएर सिरियस रहेका दीशा र टाइगर दुवै अहिले करिअरमा फोकस गरिरहेका छन् । दुवैका आफन्तले यी दुईको जोडी नटुट्ने बताएका छन् ।

तर, उनीहरुले कहिले विवाह गर्छन् भन्ने बोरे अहिले कुनै टुङ्गो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार