यमनमा प्रधानमन्त्री लक्षित बम विस्फोट, २२ जनाको मृत्यु

पुष १६, २०७७  |  ९० पटक पढिएको

१६ पुस, काठमाडौं ।

यमनमा प्रधानमन्त्रीसहित मन्त्रीलाई लक्ष्य गरी विमानस्थलमा बम विस्फोट गराइएको छ ।

नयाँ मन्त्रिमण्डलका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा अवतरण हुनासाथ विस्फोट भएको हो ।

उक्त बम विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ ।

मन्त्रीहरुको स्वागतका लागि पुगेकाहरुले ज्यान गुमाएको र कम्तिमा दुईवटा बिस्फोट भएको बताइएको छ ।

प्रधानमन्त्री मइन अब्दुमालिक लगायत मन्त्रिपरिषद सहस्यहरु र यमनका लागि साउदी राजदूत भने सुरक्षित रहेको बीबीसीले उल्लेख गरेको छ ।

विस्फोटको केही समयपछि गोली चलेका आवाज पनि सुनिएको थियो। कसले र किन विस्फोट गरायो भन्ने खुलेको छैन ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार