नेपाली क्रिकेट खेलाडी युएईको टी–१० लिग खेल्ने

पुष ०९, २०७७  | १८८ पटक पढिएको

०९ पुस, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् ।

तीब्र गतिका बलर करण केसी र सोमपाल कामी तथा युवा खेलाडी कुशल मल्ल लिगमा अनुबन्धित भएका हुन् । टी–१० लिग जनवरी २८ देखि फेब्रुअरी ६ सम्म युएईमा हुनेछ ।

सोमपाललाई मराठा अरेबियन्सले अनुबन्ध गरेको हो। उनले विदेशी लिग खेल्न लागेको यो दोस्रो पटक हो । गतवर्ष उनले क्यानडाको ग्लोबल टी–२० खेलेका थिए । उनी नेपाली टिमका प्रमुख बलर हुन् ।

अर्का बलर करण केसी पहिलो पटक विदेशी लिगमा अनुबन्धित भएका छन् । उनलाई पुणे डेभिल्सले टिममा समावेश गरेको हो । उनी प्रमुख बलरसँगै तल्लो क्रममा लामो सट खेल्ने ब्याट्स म्यानमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस