नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने

मंसिर १८, २०७७  | २१३ पटक पढिएको

१८ मंसिर, काठमाडौं / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । पोखरामा सञ्चालन हुने भनिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् ।

स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हक्कीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ ।

खेलका भौतिक पूर्वाधारहरु तयार भए पनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले जानकारी दिए । यद्यपी खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस