पाँच नम्बरमा थिइन मेरी दिदी….

कार्तिक २८, २०७७  |  ३६९ पटक पढिएको

मैले अहिले ठुला कुरा लेख्दैन, तिहार आउंदा मलाइ माइलिदिदिको झझल्को आइरहेको छ । उनै माल्लििदिदिलाइ तिहारको टिका थाप्न म प्युठानको भित्रिकोट पुग्थे, तर उनी माइलिदिदिको झझल्को आइरहेको छ ।

तुलसीपुरका आत्मिय ललित घर्तिले दिएको ५ सय रुपैयाले म त्यहांबाट सार्वजनिक बसमा चढेको थिएं, अर्जुन न्यौपानेलाइ भेट्न घोराही । मैले चढेको त्रिसिदेश्वरी सार्वजनिक यातायात प्रालिको गाडिमा म घोराही सम्मको लोकल यात्रु थिएं ।

किनकि डा मिनचन्द्रलाइ भेटेर आफना आफन्तको उपचार गर्नकालागि सहजीकरणका लागी । तर मैले उपचारको प्रक्रिया भुलेर मैले तिनै माइलीदिदिलाई पांच नंवर सिटमा देखें……।

सायद दुइजिउकी थिइन, साथमा एक गत्ता रोटी र सिटको आसपासमा दुइ ग्यालेन तोरीको तेल थियो । पांच र छ नंवर सिट उनैले रिजर्भ गरेकी थिइन्, एक्ली हुन जस्तो लागेको छैन, तर उनको शरिर हेर्दा माइलिदिदिले फेरी अर्को सन्तान जन्माउने तयारीमा छिन् । त्यसैले त तेलका ग्यालेन र रोटिको गत्ता राख्ने सिट पनि आफैले प्रालिबाट किनेकि हुन सक्छिन् सायद ।

विश्व समुदाय कोरोनाको भाइरसको संक्रमणबाट गुज्रिरहेको अवस्थामा पनि ती नचिनेकि दिदिको स्वास्थ्य सुरक्षा र भाइको प्रेम संगै देख्दा म उदाशिन भएं । तर मैले केहि बोल्ने अवस्था थिएन, किनकि उनको गालामा गर्ववतिको चांयालाइ पनि मास्कले छेकेको थियो ।

तर उनी सांच्चै मेरी दिदि हुन्, किनकि उनले भाइलाई उपहार दिनका लागि काठमाण्डौ पु¥याउन लागेको रोटिको गत्ता र दाङको आफ्नै घरको तोरीको तेलले पनि आत्मियता साट्न चाहन्थीन् उनी ।

तोरीको तेल काठमाण्डौमा सस्तोमा पाइन सक्छ, तर ती दिदिले जतन गरी काठमाण्डौ लगेको तेल कोरोना भाइरस मिसिएको हुने छैन ।

किनकि एक गत्ता रोटी र दुइग्यालेन तेलकालागि पनि उनले दुइवटा सिट रिजर्भ गरेको मैले अनुभुति गरेको छङको आफ्नै घरको तोरीको तेलले पनि आत्मियता साट्न चाहन्थीन् उनी । तोरीको तेल काठमाण्डौमा सस्तोमा पाइन सक्छ, तर ती दिदिले जतन गरी काठमाण्डौ लगेको तेल कोरोना भाइरस मिसिएको हुने छैन ।

किनकि एक गत्ता रोटी र दुइग्यालेन तेलकालागि पनि उनले दुइवटा सिट रिजर्भ गरेको मैले अनुभुति गरेको छु ।

माइली दिदि
तपाई प्युठानमा हुनुहुन्छ, तर तपाइसंग टिका थाप्ने मेरो सपना यसपालीको अधुरो हुन सक्छ, तर तपाइजस्तै दुइजिउकी माइलीदिदिको अद्धितिय प्रेम देखेर फेरी पनि मलाइ दिदिको याद दिलाएको छ । हो मैले तपाइलाइ भित्रिकोटबाट सानो वालकसंग घरमा तिहारमा ल्याइपुराउंदैगर्दा गंगादिदिले तिहारे सयपत्रिका माला गासिरहेको हुनुहुन्थ्यो, तर अहिले कोरोनाको कहरले म तपाइको घर प्युठानमा आउन पाइन । तपाइसंग क्षमायाचना माग्दछु ,

तस्बिरः सञ्जालबाट

कोरोना भाइरसको संक्रमणले हामीसवैलाइ यसपालीका तिहारमा धेरै समस्या बनाएको छ, सवै दाजुभाइ र दिदिवहिनीहरु मिलेर पोहोर साल देउसीभैलो खेलेको मैले झल्झल्ती संझिरहेको छु । तर यो बर्ष म माइलीदिदिसंग टिका थाप्न असमर्थ छु ।

किनकि मैले तपाइहरुलाइ यहि बसकै यात्रु माइलीदिदिको सह प्रतिक्षा गर्नुको शिवाय केहि छैन । किनकि यी दुइजिउकी दिदि काठमाण्डौमा भाइलाइ टिका लगाइन गैरहंदा मैले पनि तपाइको प्रतिक्षागर्नु स्वाभाविक हो, तर मलाइ थाहा छ, यी मैले लेखेका अभिव्यक्तिको पहुंचमा तपाई हुनुहुन्न भन्ने पनि मलाई पुर्ण विश्वास छ ।

सायद तपाइ यो समाचार पनि पढ्ने पहुंचमा हुनुहुन्न, तर पनि मलाई थाहा छ, तपाईजस्तै मेरा दिदिहरुले यो बर्षको पर्वमा भाइको टिका थाप्न धेरै असहज छ ।

कुनैपालिकामा गाडिको सेवा नहुन सक्छ, कुनैपालिकामा लकडाउन हुन सक्छ, कुनैपालिकामा मेरै माइलीदिदिजस्तै अर्की दिदि कोरोना संक्रमणले अस्पतालमा भर्ना भएको पनि हुन सक्छ ।

तपाइलाई मैले धेरै स्नेह गर्छु, तपाइले मलाई टिकाको निम्तो दिएको जानकारी पनि छ, तर दिदि म पनि अहिले संक्रमित हुनेहरुको सुचिमा छु, धेरै मुभ नहुन धेरैले सल्लाह सुझाव पनि दिएका छन् । त्यसैले मैले तपाईजसता धेरै दिदिहरुलाई पनि यहि सुझाव दिन चाहन्छु ।

वाइस लिटर तोरीको तेल र एक गत्ता रोटी बोकेर भाइलाई टिका लगाउंदा तपाइको दिदिभाईहरु संक्रमित हुन नपरोस भन्ने तिहारको शुभकामना ।

यसपालीको भाइटिका यस्तै भो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार