एकता कि सहअस्तित्व ?

साउन २३, २०७७  |  १००२ पटक पढिएको

कोही फुट्नु र जुट्नुले जनतालाई कुनै असर गर्दैन । जे असर पर्छ तिनै सत्ताका लोभी ब्वाँसाहरूलाई मात्र पर्छ । एकताको दमाहा बज्नु पनि यतिखेर स्वार्थ, सुरक्षाको बहानाबाजी हो । एकता कहिल्यै सम्भव छैन । एकता भएजस्तो देखिन्छ तर त्यो एकताको नाममा एकले अर्कालाई ढडियामा फसाएको मात्र हो । कसरी हुन सक्छ एकता ? जब कि एउटै घरका दुई दाजुभाइ अंशबन्डा गर्न तयार हुन्छन् । जीवनमा सन्तानका निम्ति बाबुआमाको कृपा कति अतुल्य छ । उनीहरूसितै छुट्टीभन्न भएर बसेका हुन्छन् । छिमेकी पनि हाम्रो अर्को परिवार नै मानिन्छ । त्यसैसँग हाम्रो पानी बाराबार देखिन्छ । यस्तो अवस्थामा भिन्न परिवेश र भिन्न गिदी लिएर आएका व्यक्तिका बीचमा एकताको ढोल पिट्नु एक छिनको तमासा देखाउनु नै हो । राम्रोसँग हेरौँ– मान्छे प्रकृतिको सृजन हो ।

प्रकृतिका नियममा एकताभित्रै अनेकता देखिन्छ । त्यहाँ संयोग र वियोग, एकता र विखण्डनका शृङ्खला चलिरहेका हुन्छन् । जीव उत्पत्तिको क्रममा सर्व प्रथम अमिवाले आफ्नो अस्तित्व देखाएको थियो ।

प्रकृतिका नियममा एकताभित्रै अनेकता देखिन्छ । त्यहाँ संयोग र वियोग, एकता र विखण्डनका शृङ्खला चलिरहेका हुन्छन् । जीव उत्पत्तिको क्रममा सर्व प्रथम अमिवाले आफ्नो अस्तित्व देखाएको थियो । त्यसको एक भाग स्त्रीलिङ्गी र अर्को भाग पुल्लिङ्गी थियो । लामो समयपछि एउटैमा टाँस्सिरहनु तिनलाई दिक्क लाग्दो भयो या प्रकृतिले तिनलाई अलग बनाइदियो । अलग अलग भए पनि लामो समयको सहवासको आकर्षण तिनमा संस्कारका रूपमा कायम भएकाले सन्तान प्रजननमा तिनको एकाकार हुने आकर्षण छुट्न सकेन । सायद हामी सबैका आदि बीजमूल तिनै अमिवा हुन् । त्यसैले आदिम पूर्व संस्कारलाई हामीले अहिलेसम्म पछ्याइरहेका छौँ । स्त्री पुरुषको मैथुनिक क्रिया सन्तानोत्पादनको आग्रह मात्रै नभई लामो समयसम्म वियुक्त भएको शरीरले पुरानो एकाकारीय अस्तित्वको सम्झना गरेको पनि हो । जस्तो कि गर्मी आउँदा साथ हामीलाई आँप, कटहर, लिच्ची खाने याद आउँछ र जाडो लाग्दा सुन्तला खाने तिर्सना जाग्दछ ।

जबर्जस्ती निर्माण गरिएको एकताभन्दा स्वतस्फूर्त निर्मित एकता टिकाउ हुन्छ । स्वतस्फुर्त आउने एकतामा लालच र स्वार्थका कीटाणु सल्बलाउँदैनन् । त्यहाँ ‘मैले जित्ने भन्दा मैले हारेर जिताउने’ भन्ने चाहना प्रबल हुन्छ ।

बोटबिरुवामा फूल फल लाग्दछन् । तिनी कुनै तन्तुले जोडिएका हुन्छन् । समय आउँछ, प्रकृतिले आफै दबाव सिर्जना गर्छ र तिनीहरु संस्थापनसँग अलग हुन थाल्छन् । एकता मानवनिर्मित शब्दावली हो, प्रकृतिगत होइन । प्रकृति सतत चञ्चल छ, प्रवाहमान छ । त्यो स्थिर हुनै सक्दैन । त्यही प्रवाहशीलतामा जीवन्तता स्थापित हुन्छ । मान्छेको एकता झन् हुनै सक्दैन । एकताको कुरा भ्रम हो, भासता हो । अझ सत्ताको खेलमा यो नौटङ्की मात्रै हो । खास परिस्थितिमा हुने एकता प्राविधिक हो । समय बित्दै जाँदा प्रविधिमा गडबडी उत्पन्न भइहाल्छ र त्यसका किलाकाँटा फक्ल्याङफुक्लुङ हुन थालिहाल्छन् । जबर्जस्ती निर्माण गरिएको एकताभन्दा स्वतस्फूर्त निर्मित एकता टिकाउ हुन्छ । स्वतस्फुर्त आउने एकतामा लालच र स्वार्थका कीटाणु सल्बलाउँदैनन् । त्यहाँ ‘मैले जित्ने भन्दा मैले हारेर जिताउने’ भन्ने चाहना प्रबल हुन्छ । हाम्रो समसामयिक राजनीतिमा त्यो धारणा पाल्नु भनेको सिस्नाको बुटामा चन्दनको सुवास खोज्नुझैँ हो । बरू एकता भन्दा सहअस्तित्वको सिद्धान्त धेरै व्यावहारिक पो हो कि ? मनोगत कुरा हो । कसैलाई चित्त बुझ्ला कसैलाई कोक्याउला पनि ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार