२०७८ बैशाख ३, शुक्रबार

समाचार

एकलेनमा झर्यो चारलेन, यातायातमा संकट

 ६ घण्टा अगाडि

०३ बैशाख, बिजौरी । तीन वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको दुई वर्षसम्म पनि घोराही–तुलसीपुर सडक चारलेनको काम अपेक्षा अनुरुप अघि बढ्न सकेको छैन । यसले गर्दा नागरिकहरुसँगै यातायात व्यवसायीहरुले सास्ती भोगिरहेका छन् भने दुर्घटनाका घटनाहरु पनि दिनदिनै बढिरहेका छन् । निर्माणमा संलग्न व्यवसायी र सरोकारवाला परियोजना कार्यालय

काठमाडौंका विद्यालय एक हप्ता बन्द गर्न आग्रह

 ७ घण्टा अगाडि

०३ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न तोकता गरे पनि काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाको प्रमुखस्तरको २ गतेको बसेको बैठकको निर्णयअनुसार कोभिड १९ को बढ्दोक्रम देखिएकाले कुनै विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तिमा एक

नायिका गरिमा आमा बन्दै

 बैशाख ०२, २०७८

२ गते, वैशाख, नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी दिदै सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । हरिसँग प्रेममा रहेको केही बर्षपछि उनले बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् । उनै,

बालिका बलात्कृत गर्ने युवक पक्राउ

 बैशाख ०२, २०७८

२ गते,बैशाख, काठमाडौं , मकवानपुरमा एक बालिका बलात्कृत भएकी छिन्। हेटौंडा महानगरपालिका–६ पुतलीबजार नजिकैको खहरे खोला बगरमा बुधबार राति बालिका बलात्कृत भएका हुन्। बलात्कार आरोपमा पर्साको वीरगञ्‍ज महानगरपालिका–२३ घर भई हेटौंडामा डेरा गरी बस्‍ने २१ वर्षीय विशाल पासवानलाई पक्राउ गरेको हो। बालिका बलात्कार भएको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय

उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

 चैत्र ३१, २०७७

३१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक

प्रधानमन्त्री ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने

 चैत्र ३१, २०७७

३१ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भोलि (बुधबार) देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। वैशाख बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नयाँ

विद्यालय खोल्ने नखोल्ने बारे मन्त्रालयमा छलफल सुरु

 चैत्र ३०, २०७७

३० चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि खोल्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ । महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल जारी रहेको जानकारी

खाद्य कम्पनीले पाँच हजार टन गहुँ खरिद गर्ने

 चैत्र ३०, २०७७

३० चैत्र, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो ।गहुँ खरिद गर्नको लागि कम्पनीले यो वर्ष १५ करोड ५८ लाख रुपैयाँ बिनियोजन गरेको छ । सरकारले चालु आर्थिक

नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या ७५२

 चैत्र २९, २०७७

२९ चैत्र, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा यस वर्ष एकसिङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएको बताएका छन् । चितवनमा सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजाले नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । पाँच वर्षअघिको तुलनामा यस वर्ष १०७ वटा गैँडा वृद्धि भएको छ । नेपालमा

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

 चैत्र २९, २०७७

२९ चैत्र, काठमाडौं । हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनबाट अध्यक्ष पदमामा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न मतगणनाअनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट